विश्व कोरोना अपडेट : २ करोड ३९ लाख १२ हजार ६८१ जना संक्रमितद्वारा स्वास्थ्यलाभ

विश्व कोरोना अपडेट : २ करोड ३९ लाख १२ हजार ६८१ जना संक्रमितद्वारा स्वास्थ्यलाभ

काठमाडौं, ९ असोज । विश्वमा हालसम्म २ करोड ३९ लाख १२ हजार ६८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुले स्वास्थ्य लाभ गरिसकेका छन् । वल्र्डोमिटर्सका अनुसार शुक्रबार विहानसम्ममा २ करोड ३९ लाख १२ हजार ६८१ ज्ना संक्रमितहरुले स्वास्थ्य लाभ गरिसकेका हुन् ।

यसैबीच ९ लाख ८७ हजार १३२ संक्रमितहरुको मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । त्यतस्तै, कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड २४ लाख १ हजार ३७६ पुगेको छ । हाल विश्वमा ७५ लाख १ हजार ५६३ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् ।

त्यस्तै, २ करोड ४८ लाख ९९ हजार ८१३ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ७१ लाख, ८५ हजार १६४ पुगेको छ । 

जसमध्ये २ लाख, ७ हजार ५१४ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४४ लाख, ३१ हजार १९० संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ५८ लाख, १६ हजार १०३ पुगेको छ । जसमध्ये पनि ९२ हजार ३१७ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४७ लाख ५२ हजार ९९१ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । जसमध्ये १ लाख ३९ हजार ८८३ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४० लाख २३ हजार ७८९ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै, रसिया, पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ६९ हजार ३०१ पुगेको छ, भने ४५३ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५० हजार ४११ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।