यस कारण तातो पानीमा मह मिसाएर खानुपर्छ

यस कारण तातो पानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं, ९ असोज । विहानको समयमा तातो पानीमा मह मिसाएर पिउनाले पनि स्वास्थ्यमा फाइदा गर्छ । यसले पाचन प्रणालीलाई सुधार गर्छ, भने पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ ।

जसको कारण पाचन प्रक्रियामा मद्दत मिल्छ । यसका साथै, महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउन मद्दत गर्छ । त्यसोत, महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण पनि हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । 

तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिर निकाल्ने तत्व)को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । 

तातोपानीमा मह मिसाएर खानाले कब्जियतलाई समेत निको गर्छ । यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । 

तातो पानीमा नियमित मह मिसाएर सेवन गर्नाले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । महमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ ।