कोरोना संक्रमणबाट बुटवल कोरोना अस्पतालमा उपचाररत महिलाको मृत्यु

कोरोना संक्रमणबाट बुटवल कोरोना अस्पतालमा उपचाररत महिलाको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिलाको कोरोना  सङक्रमणबाट मृत्यु भएको छ । 

कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको आज साँझ  मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । 

उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना  भई   भेन्टिलेटरमा उपचार भइरहेको थियो ।  

आज बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङक्रमितको मृत्यु भएको थियो ।