शाहिद कपुरसँग नेटफ्लिक्सले गर्यो १०० करोडको डील

शाहिद कपुरसँग नेटफ्लिक्सले गर्यो १०० करोडको डील

एजेन्सी । चर्चित फिल्म कबिर सिंह स्टार शाहिद कपूरले नेटफ्लिक्ससँग् १०० करोडको डील गरेका छन् ।  

३९ वर्षीय कपूरले केहि फिल्म, वेबसीरिज र कन्सेप्ट ड्रिभन फिक्शन सीरिज उपलब्ध गराउने भएसँगै उनलाई १०० करोडको अफर आएको बताइएको छ ।

उनले यो डीलको बारेमा भने खुलाएका छैनन् तर उनले उक्त डील स्विकार गर्नसक्ने बताइएको छ । उनी हाल तमिल फिल्म जर्सीको रिमेक सोही नाम रहेको फिल्ममा व्यस्त छन् । उनी यसै फिल्मको शूटिङको क्रममा घाइते समेत हुन पुगेका थिए ।