काेराेनाबाट पछिल्लो २४ घण्टामा देशभर १७ जनाकाे मृत्यु, कहाँ कति ?

काेराेनाबाट पछिल्लो २४ घण्टामा देशभर १७ जनाकाे मृत्यु, कहाँ कति ?

काठमाडाैं, ८ असाेज । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। पछिल्लो २४ घण्टामा १२ पुरुष र ५ महिला गरि १७ जनाकाे मृत्यु भएकाे जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । 

मृत्यु हुनेमा  मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौँकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५३ पुगेको छ।