काठमाडाैं उपत्यमा थप  ७ सय ५५ जनामा काेराेना पुष्टी, ६ जनाकाे मृत्यु

काठमाडाैं उपत्यमा थप  ७ सय ५५ जनामा काेराेना पुष्टी, ६ जनाकाे मृत्यु

काठमाडौं, ८ असाेज । बिहीबार काठमाडाैं उपत्यमा काेराेना संक्रमणबाट ६ जनाकाे मृत्यु भएकाे छ भने थप  ७ सय ५५ जनामा काेराेना संक्रमण देखिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ पुरुष १ महिला र भक्तपुरमा एक महिला-एक पुरुष गरी ६ जनाको मृत्यु भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ सय ५५ जनामा संक्रमण देखिएको छ।जसमध्ये काठमाडौंका ६ सय ९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा संक्रमण पुष्टी भएकाे हाे ।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ जनामा  संक्रमण पुष्टि भएको छ।  यो सहित संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना रहेका छन् भने होम आइसोलेसनमा ९ हजार ८ सय २३  जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ५ सय ६५ जना रहेका छन्। 

काेराेना संक्रमणबाट बिहीबार मात्रै १७ जनाको मृत्यु भएको छ। याेसँगै मृत्यु हुनेकाे संख्या ४ सय ५३ पुगेकाे छ ।