आज देशभर थप १ हजार ४ सय ९७ जनामा काेराेना संक्रमण पुष्टी

आज देशभर थप १ हजार ४ सय ९७ जनामा काेराेना संक्रमण पुष्टी

काठमाडाैं, ८ असाेज । बिहीबार देशभर १ हजार ४ सय ९७ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा १ हजार ४ सय ९७ जनाका काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे हाे ।  

बिहीबार थपसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ६९ हजार तीन सय एक पुगेको छ । हाल सक्रिय संक्रमित भने १८ हजार चार सय ३७ जना छन् ।

मन्त्रालयका अनुसार आज ४ सय ५७ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन्। याेसँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या ५० हजार ४ सय ११ पुगेकाे छ।