सनराइज बैंकले ल्यायाे डिजिटल टेलर सेवा, चेक तथा एटिएमबीना पैसा झिक्न मिल्ने

सनराइज बैंकले ल्यायाे डिजिटल टेलर सेवा, चेक तथा एटिएमबीना पैसा झिक्न मिल्ने

काठमाडाैं, ८ असाेज । सनराइज बैंकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर 'Digital teller'  सेवा सुरु गरेको छ । चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 

यस सेवाको सुरुवातसँगै अब बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड 'QR cord' स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड 'QR cord' स्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । 

पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने विश्वास लिएकाे छ ।