अनसनरत डा गोविन्द केसी भेट्न अस्पताल पुगे कांग्रेसका यी दुई नेता

अनसनरत डा गोविन्द केसी भेट्न अस्पताल पुगे कांग्रेसका यी दुई नेता

काठमाडौं, ८ असाेज । नेपाली कांग्रेसका २ नेताहरु अनसनरत डा. गोविन्द केसी भेट्न अस्पताल पुगेका छन् । अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसी उनलाई  बिहीवार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका हुन् ।

लामो समयदेखि नेपालको चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै डा. केसी अनसन बस्दै आएका छन् । यो उनको १९ औँ सत्याग्रह हो ।

गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या आएपछि मंगलवार काठमाडौं ल्याइएको थियो । अनसनरत डा केसीले सरकारले आफ्ना माग पुरा नगरेसम्म आफू अनसन नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।