साँझ ५ बजेका लागि बाेलाइयाे मन्त्रिपरिषद् बैठक, काेराेनाबारे नयाँ निर्णय हुनसक्ने

साँझ ५ बजेका लागि बाेलाइयाे मन्त्रिपरिषद् बैठक, काेराेनाबारे नयाँ निर्णय हुनसक्ने

काठमाडौं, ८ असाेज । आज 'बिहीबार' साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

उनले भने, ‘आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्।’

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘देशभर त अब लकडाउन हुन्न तर संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुन सक्छन् ।’

मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।