ऊर्जा मन्त्री वर्षमान पुनकाे काेराेना रिपोर्ट नेगेटिभ

ऊर्जा मन्त्री वर्षमान पुनकाे काेराेना रिपोर्ट नेगेटिभ

काठमाडाैं, ८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनको सुरक्षामा खटिएका एक अंगरक्षकमा कोरोना पोजेटिभ भएपछि उनी होम आइसोलेशनमा बसेका थिए । 

५ दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै उनका परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएकाे छ ।

पिसिआर नेगेटिभ आएसँगै मन्त्री पुन मन्त्रालय जान थालेको उनका प्रेस संयोजक दयानिधि भट्टले बताए।