शशांक कोइराला कोरोनामुक्त, उनका स्वाकीय सचिवमा भने देखियाे संक्रमण

शशांक कोइराला कोरोनामुक्त, उनका स्वाकीय सचिवमा भने देखियाे संक्रमण

काठमाडौं, ८ असाेज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। उनकाे बुधबार राति कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

होम आइसोलेनसमा उपचार गराउँदै आएका कोइराला अवस्था गम्भीर भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो। कोइराला असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।

कोइराला कोरोनामुक्त हुँदा उनका स्वकीय सचिव भरत तिवारीलाई भने संक्रमण पुष्टि भएको छ। दुबै जनाको एकै साथ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा स्वाब परीक्षण गराउँदा महामन्त्री कोइरालाको नेगेटिभ र आफ्नो पोजेटिभ देखिएको तिवारीले बताए।