३ दिनदेखि लगातार घट्दै सुनकाे मूल्य, आज एकैदिन ताेलामा १२ सयले घट्याे

३ दिनदेखि लगातार घट्दै सुनकाे मूल्य, आज एकैदिन ताेलामा १२ सयले घट्याे

काठमाडौं, ८ असाेज । तीन दिनदेखि लगातार सुनचाँदीकाे मूल्यमा गिरावट आएकाे छ । नेपाली बजारमा आज 'बिहीबार' सुनकाे मूल्य प्रतिताेला १२ सय रूपैयाँले घटेकाे छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजावी सुनकाे मूल्य आज ताेलाकाे  ९३ हजार ८ सय रुपैयाँ कायम भएकाे छ । 

चाँदी पनि आज प्रतितोला ७० रुपैयाले घटेको छ । चाँदीकाे मूल्य आज तितोला १ हजार १ सय २० रुपैयाँ निर्धारण भएकाे छ । 

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएको थियो ।