काेराेना कहरबीच एकदिनमै १७ हजार भन्दा बढी यात्रु काठमाडौं भित्रिए

काेराेना कहरबीच एकदिनमै १७ हजार भन्दा बढी यात्रु काठमाडौं भित्रिए

काठमाडौं, ८ असाेज ।  ट्राफिक कन्ट्रोल रुमद्वारा आज जारी विज्ञप्तिका अनुसार काेराेना संक्रमणका बीच  पछिल्लो २४ घण्टामा १७ हजार ३२ यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्।

विभिन्न जिल्लाबाट गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी तीन हजार ७३५ सवारीसाधनमा १७ हजार ३२ जना यात्रु उपत्यका भित्रिएका हुन् ।

यस्तै सोही अवधिमा १५ हजार १ सय ५२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। तीन हजार ६ सय ६५ सवारीसाधनमा १५ हजार १ सय ५२ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। 

गएको २४ घण्टामा उपत्यकामा ३० सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। ती दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। उनीहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।