जेब्राक्रसिङमै मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

जेब्राक्रसिङमै मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं, ८ असाेज ।  काठमाडौंको महाराजगञ्जमा माेटरसाइकलले ठक्कर दिँदा जेब्राक्रसिङबाट सडक पारिरहेकी एक पैदल यात्रीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा काठमाडौंकै बूढानीलकण्ठकी २६ वर्षीया अनुपा कार्की रहेकी छन्। 

जेब्राक्रसिङबाट सडक पार गर्दै गरेकी उनलाई नारायणगोपालचोकबाट पुलिस एकेडेमीतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको थियो।मोटरसाइकलको ठक्करबाट उछ्टि्टिएकी उनी बा ११ च ४१४१ नम्बरको कारमा ठोक्किन पुगेकी थिइन्।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा संलग्न कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको छ।