सुदूरपश्चिममा सक्रिय काेराेना संक्रमितकाे संख्या ९ सय ९१ पुग्यो, ५ हजार ७ सय ८१ काेराेनामुक्त

सुदूरपश्चिममा सक्रिय काेराेना संक्रमितकाे संख्या ९ सय ९१ पुग्यो, ५ हजार ७ सय ८१ काेराेनामुक्त

धनगढी, ८ असाेज ।  हालसम्म सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।  बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएसँगै सुदुरपश्चिममा सक्रिय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो ।

सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१०, र कंचनपुर ३७ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीका अनुसार बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ३५, कंचनपुर का १,डोटीका १७,अछामका २६, जनामा संक्रमण पुस्टी भएको हाे ।

सुदुरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  अछाम  १, बझाङ्ग २, बाजुरा २ र कैलालीमा ७ जना गरि १२ जनाकाे मृत्यु भएकाे हाे ।

योसंगै  प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७ सय ८१ पुगेको छ । बिभिन्न अस्पताल बाट थप १४ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको उनले बताए ।

त्यसैगरी विभिन्न अस्पतालहरुमा ५० कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुर ९, महाकाली १३, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ ।