स्याङ्जा पहिरो अपडेट: ६ जनाको शव भेटियो, चार अझै बेपत्ता

स्याङ्जा पहिरो अपडेट: ६ जनाको शव भेटियो, चार अझै बेपत्ता

स्याङ्जा, ८ असाेज । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरो जाँदा पुरिएर ५ जनाकाे मृत्यु भएकाे छ । प्रहरीले पहिराेमा पुरिएका २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीकाे शव निकालेकाे छ ।

वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो। सो घरमा १० जना रहेको जनाइएको छ। उनीहरुमध्ये १६ वर्षका मनिषा नेपालीलाई जीवितै उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।  

बेपत्ता भएको ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि स्थानीय र सुरक्षाकर्मी जुटेका छन्। 

यस्तै बिहीबार बिहान कालीगण्डकी गाउँपालिका ४ स्थित गौतमडाँडामा पहिरो जाँदा १८ वर्षे कृष्ण दमैको पनि मृत्यु भएको छ।