फोक्सोको क्यान्सरका कारण बलिउड अभिनेता भूपेश पाण्ड्यको निधन

फोक्सोको क्यान्सरका कारण बलिउड अभिनेता भूपेश पाण्ड्यको निधन

काठमाडौं, ८ असोज । बलिउड अभिनेता भूपेश पाण्ड्यको निधन भएको छ । फोक्सोको क्यान्सरका कारण अभिनेता भूपेश पाण्ड्यको निधन भएको हो । उनी राष्ट्रिय नाट्य विद्यालयका पूर्व छात्र थिए ।

एनएसडीले आफ्नो आधिकारिक ट्वीटरमार्फत् अभिनेता भूपेश पाण्ड्यको निधन भएको जानकारी दिएको हो । एनएसडीले ट्वीट गर्दै भनेको छ, ‘विख्यात रंगकर्मी भूपेश कुमार पाण्ड्य (पूर्व छात्र एनएसडी २००१ ब्याच)को आकश्मिक निधनको खबरले दुखित बनाएको छ । एनएसडी परिवार भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ । ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरोस् ।’

त्यस्तै, मनोज बाजपेयी र गजराज रावलगायतले पनि भूपेशको असामयिक निधनप्रति शोक व्यक्त गरेका छन् । भूपेशले ‘विक्की डोनर’मा काम गरेका थिए । त्यस्तै, उनले हजारो ख्वाहिशें ऐसी,डेल्ही क्राइम, गान्धी टु हिटलर, परमाणुः पोखरण कि कहानीलगायत प्रोजेक्टहरुमा काम गरेका छन् ।