स्याङ्जाको तमादीमा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता

स्याङ्जाको तमादीमा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता

काठमाडौं, ८ असोज । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका छन् । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार एकको शव भेटिएको र अर्का एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ ।

सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेरको प्रजिअ क्षेत्रीले बताए । 

त्यस्तै, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ विर्घामा पनि पहिरोले पुरिएर एकको मृत्यु भएको छ । पहिरोले पुरिएर बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियारको मृत्यु भएको बताइएको छ । पहिरोले पुरिएर परियारको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।