बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ८ असोज । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार (आज) बिहान नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।

विगत सात दिनदेखि उनीहरु दुवैजनालाई भेन्टिलेटरमा राखिएको थियो । भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो । 
त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए ।