पाल्पाको रम्भा गापा–२ मा पहिरो जाँदा पाँच जना बेपत्ता

पाल्पाको रम्भा गापा–२ मा पहिरो जाँदा पाँच जना बेपत्ता

काठमाडौं, ८ असोज । पाल्पाको रम्भा गाउँपालिका–२ मा गएराति पहिरो जाँदा होमबहादुर गाहाको घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उक्त पहिरोले पाँच जना पुरिएका छन् ।

हालसम्म अन्य कुनै विवरण नआएको र घटनास्थलतर्फ प्रहरी टोली गइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उद्धारका लागि घटनास्थलबाट नजिकैको हुंगी प्रहरी चौकीको टोली गएको जनाइएको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरका विभिन्न स्थानमा पहिरो गइरहेको छ । अझै केही दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।