बलिउडको ‘ड्रग्स मण्डली’ : एनसीबीले आज राकुलप्रित सिंह र सिमोन खंबाटासँग सोधपुछ गर्ने

बलिउडको ‘ड्रग्स मण्डली’ : एनसीबीले आज राकुलप्रित सिंह र सिमोन खंबाटासँग सोधपुछ गर्ने

काठमाडौं, ८ असोज । अभिनेता सुशान्तसिंह राजपुत घटनामा ड्रग्स एङ्गल आएसँगै एनसीबीले केही चर्चित कलाकारहरुसँग सोधपुछ सुरु गरिसकेको छ । सोधपुछको क्रममा रिया चक्रवर्तीले अभिनेत्री राकुलप्रित सिंह, साराअली खान, श्रद्धा कपूरलगायतको नाम लिएकी थिइन् ।

सोही क्रममा आज एनसीबीले अभिनेत्री राकुलप्रित सिंह र सिमोन खंबटालाई सोधपुछका लागि बोलाएको छ । उनीहरु दुवैलाई ड्रग्स कनेक्शनको बारेमा सोधपुछ गरिने बताइएको छ । जसको लागि एनसीबीले विभिन्न एङ्गलबाट प्रश्न तयार गरेको जनाइएको छ ।

राकुल र सिमानेसँग सोधपुछ गरेपछि एनसीबीले के–के नयाँ कुरा खुलासा गर्छ, त्यो भने हेर्न बाँकी नै रहेको छ । आगामी दिनहरुमा एनसीबीले अर्की अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खानसँग पनि सोधपुछ गर्ने जनाएको छ ।