विश्व कोरोना अपडेट : २ करोड ३६ लाख ७४ हजार ४४ संक्रमितद्वारा स्वास्थ्यलाभ

विश्व कोरोना अपडेट : २ करोड ३६ लाख ७४ हजार ४४ संक्रमितद्वारा स्वास्थ्यलाभ

काठमाडौं, ८ असोज । छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट विश्वनै आक्रान्त बनेको छ । वल्र्डोमिटर्सका अनुसार विश्वमा हालसम्म २ करोड ३६ लाख ७४ हजार ४४ जना संक्रमितहरुले उपचारपछि स्वास्थ्यलाभ गरेका छन् । 

त्यस्तै, हालसम्म ९ लाख ८१ हजार ९२३ को मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । यसैबीच कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड २० लाख ९० हजार १४८ पुगेको छ । हाल विश्वमा ७४ लाख ३४ हजार १८१ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् ।

त्यस्तै, २ करोड ४६ लाख ५५ हजार ९६७ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ७१ लाख, ३९ हजार ५५३ पुगेको छ । जसमध्ये २ लाख, ६ हजार ५९३ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४३ लाख, ९८ हजार ९०७ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ५७ लाख, ३० हजार १८४ पुगेको छ । जसमध्ये पनि ९१ हजार १७३ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४६ लाख ७१ हजार ८५० जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ४६ लाख २७ हजार ७८० पुगेको छ । जसमध्ये १ लाख ३९ हजार ०६५ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ३९ लाख ९२ हजार ८८६ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै, रसिया, पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या ६७ हजार ८०४ पुगेको छ, भने ४३६ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४९ हजार ९५४ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।