चितवन मेडिकल कलेजमा उपचाररत एक सङ्क्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत एक सङ्क्रमितको मृत्यु

चितवन, ८ असोज । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । 

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।