यस कारण कालो चियाले स्वास्थ्यका लागि फइदा गर्छ !

यस कारण कालो चियाले स्वास्थ्यका लागि फइदा गर्छ !

काठमाडौं, ८ असोज । नेपाली समाजको लागि चिया जीवनशैली नै बनेको छ । त्यसोत, स्वास्थ्यका लागि पनि कालो चिया निकै उपयोगी मानिन्छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नुका साथै क्यान्सरजस्तो रोगबाट समेत जोगाउन सहयोग गर्छ ।

कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्ति पैदा गर्छ ।

यस्ता छन् अन्य फाइदाहरु...

–क्यान्सरबाट जोगिन कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ । यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

–अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

–कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ । व्यवस्थित पाचन प्रणाली कालो चियाले पाचन प्रणालीलाइ समेत व्यवस्थित गर्ने काम गर्छ ।

– कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।