यस्तो रहेको छ विहीबारको तपाईको भाग्य, असोज ८ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य, असोज ८ गते

आज २०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, ४४ घडी २४ पला, बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त नवमी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानि गर्न सकिनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्यून हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दूरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुदा भौतिक सम्पति तथा बिलाशी बस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्निबीच आत्मियता बढेर जानेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनैपनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाजिनेछ भने साथीभाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरु माझ राम्रो कामगरी प्रशिद्धि कमाउँन सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रो सँग परिचालन गरि आम्दानी बढाउन सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरेर रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिनेछ । साथीभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागि समयले साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउनेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामान्य स्वास्थ्य सम्बन्धी समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरि आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरि अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा बित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको बिकास हुनेछ भने नया प्रबिधिको प्रयोग गरि समय अनुसार अपडेट होइनेछ । व्यापार व्यावसायमा नया प्रयोग गरि मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरुले नया काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ ।