बलिउड दुनियाँको ड्रग्स केसमा एकाएक ठूला स्टारको नाम जोडिएपछि रवीनालाई अब दोषीले न्याय पाउने आशा

बलिउड दुनियाँको ड्रग्स केसमा एकाएक ठूला स्टारको नाम जोडिएपछि रवीनालाई अब दोषीले न्याय पाउने आशा

एजेन्सी । विश्वकै ठूलो फिल्मी उद्योगमध्ये एक बलिउड फिल्मी उद्योगमा अहिले ठूलो उथलपुथल आएको छ । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जब ड्रग्सले प्रवेश पायो तब यसले बलिउडमा ठूलो हलचल मच्चाएको छ ।

यसका साथै ड्रग्सको प्रवेशले बलिउडलाई नशाको गढ पनि भनिएको छ । यस मामलामा कैयौं ठूला अभिनेत्रीहरुको नाम जोडिएको छ भने कुनै अभिनेत्री यसबाट एकदमै खुसी पनि छन् । ती अभिनेत्रीमध्ये एक हुन् ९० दशकमा बलिउडमा राज गर्ने रवीना टन्डन । रवीना सामाजिक सञ्जालमा एकदमै एक्टिभ रहन्छिन् । उनले उठेका विभिन्न मुद्धाहरुमा आफ्नो राय पेश गर्छिन् । 

न्यायको समय आएको छ । यो कदमको स्वागत छ । यसबाट हाम्रो आउँदो पिँढीका लागि सहयोग मिल्नेछ । सुरुवात यहीँबाट गरौं, त्यसपछि अन्य क्षेत्रतर्फ बढौंला । यसलाई जरेबाट उखेलेर फालौं । ड्रग्सले सफाई पाउनुपर्छ । ड्रग्सको प्रयोग गर्ने डिलर्स, सप्लायर्स र सबै दोषीलाई सजाय दिनुपर्छ । मानिसलाई वर्वाद गरिरहेका ठूला मानिसलाई पाठ सिकाउनुपर्छ ।

भन्दै  रवीनाले यसरी बलिउडभित्रको ड्रग्स मामलामा आफ्नो प्रतिक्रिया दिएकी हुन् ।