उपत्यकामा २४ घण्टामा थप ६ सय ३७ कोरोना संक्रमित फेला, कहाँ कति ?

उपत्यकामा २४ घण्टामा थप ६ सय ३७ कोरोना संक्रमित फेला, कहाँ कति ?

काठमाडौं, ७ असाेज ।  बुधबार  काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा पछिल्लाे २४ घण्टामा ६ सय ३७ काेराेना संक्रमित देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे । 

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा चार सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९२ जनामा संक्रमण देखिएको छ । 

मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर बुधबार ११ सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।