आज कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, १८ सय ९३ जना डिस्चार्ज

आज कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं, ७ असाेज । पछिल्लाे ७ घण्टामा काेराेना संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

मंगलबार दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भयो भने सोमबार १६ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।