पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार १ सय ७२ जनामा काेराेना संक्रमण पुष्टी

पछिल्लाे २४ घण्टामा देशभर थप  १ हजार १ सय ७२ जनामा काेराेना संक्रमण पुष्टी

काठमाडाैं, ७ असाेज । बुधबार देशभर थप १ हजार १ सय ७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर १ हजार १ सय ७२ जना संक्रमित फेला परेकाे स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै  आज १ हजार ८ सय ९३ जना काेराेना संक्रमणमुक्त भएका छन् । यससँगै काेराेना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

बुधबारसम्म ७ हजार १ सय ४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ४ सय १४ जना आइसोलेसनमा रहेका छन् ।