नेपाल एयरलाइन्सले सुरु गर्‍याे ९ आन्तरिक विमानस्थलमा उडान (उडान तालिकासहित)

नेपाल एयरलाइन्सले सुरु गर्‍याे ९ आन्तरिक विमानस्थलमा उडान (उडान तालिकासहित)

काठमाडौं, ७ असोज । नेपाल वायुसेवा निगमले ९ विमानस्थलमा आफ्नाे आन्तरिक उडान सुरु गरेकाे छ ।  निगमले उडान तालिका सार्वजनिक गर्दै ९ विमानस्थलमा आफ्नाे आन्तरिक उडान सुरु गरेकाे जानकारी दिएकाे हाे ।

अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तव्य हुन् । यी बाहेक रुकुम-नेपालगन्ज-रुकुम, नेपालगन्ज-जुम्ला-नेपालगन्ज, नेपालगन्ज-बाजुरा-नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।

नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका

सेक्टर   उडान हुने दिन     
काठमाडौं-रुकुम-काठमाडौं

 

रुकुम -नेपालगंज-रुकुम

आईतवार, बिहीबार
नेपालगंज-जुम्ला-नेपालगंज                                                                   आईतवार
काठमाडौं-भोजपुर-काठमाडौं सोमबार, मंगलबार, शुक्रबार
काठमाडौं -दाङ्ग-काठमाडौं सोमबार, बुधबार, शुक्रबार
काठमाडौं-फाप्लु-काठमाडौं आईतबार, मंगलबार,
काठमाडौं-थामखर्क-काठमाडौं बुधबार
नेपालगंज-बाजुरा-नेपालगंज बिहीबार
काठमाडौं-ताप्लेजुङ्ग-काठमाडौं

 

काठमाडौं-खानीडाँडाँ-काठमाडौं

बुधबार, शनिवार