काठमाडाैं उपत्यकाका १ हजार २७ सहित कुल ३ हजार ९ सय १२ प्रहरीमा कोरोना संक्रमण

काठमाडाैं उपत्यकाका १ हजार २७ सहित कुल ३ हजार ९ सय १२ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं , ७ असाेज । काठमाडाैं उपत्यकामा १ हजार २७ प्रहरीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ भने हालसम्म देशभरबाट कुल ३ हजार ९ सय १२ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।

जसमध्ये १९ सय ३ जना सक्रिय संक्रमित छन् भने तीमध्ये २३ जना डिस्चार्ज भएका छन् । 

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय ८९ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ७ सय ३८ जना सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा १६८ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १ सय ७२ जना, वाग्मती प्रदेशमा १ सय २९ जना, गण्डकी प्रदेशमा १ सय ५१ जना, प्रदेश ५ मा १ सय ३९ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जना सक्रिय संक्रमित छन् ।