बामदेव गौतमको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

बामदेव गौतमको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाैं, ७ असाेज । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा बुधबार सुनुवाइका लागि पेशी तोकिएको छ।

उपाध्यक्ष गौतमको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको छ। अधिवक्ताहरु दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सुनुवाइ गर्दैछन्।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा हारेको व्यक्तिलाई सरकारको सिफारिशमा उपल्लो सदनमा नियुक्ति गरिएपछि त्यसबिरुद्ध रिट दायर गरिएको हो।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौतमलाई बर्दिया १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमले हराएका थिए।

राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारको सिफारिशमा समाजमा विशिष्ट योगदान पुर्‍याएका तीनजना व्यक्तिलाई मनोनित गर्ने प्रावधान अनुसार उनलाई नियुक्ति गरिएको हो।