काेराेना संक्रमणबाट ललितपुरमा थप दुईजनाकाे मृत्यु

काेराेना संक्रमणबाट ललितपुरमा थप दुईजनाकाे मृत्यु

काठमाडौं, ७ असोज । काेराेना संक्रमणबाट ललितपुरमा उपचाररत थप दुईजनाकाे मृत्यु भएकाे छ । 

ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।

८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।