आजदेखि यी रुटमा चल्नेछन् लामो दुरीका साझा बस

आजदेखि यी रुटमा चल्नेछन् लामो दुरीका साझा बस

काठमाडौं, ७ असाेज । बुधबारदेखि लामो दुरीको साझा बस सञ्चालनमा आउने भएको छ । सरकारको निर्णय र साझा यातायात व्यवस्था विभागको निर्देशन अनुसार कोरोनाको संक्रमणको अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर आजदेखी लामो दुरीको साझा बस चल्ने भएको हो ।

आज देखि साझा यातायात काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ र बुटवल–भैरहवा–सुनौली रुटमा चल्ने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्ने बताइएको छ । 

कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा चालक, सहचालक र यात्रुले माक्स, पञ्जा, सेनेटाइजर अनिवार्य लगाउनु पर्ने । 

यात्रुहरुले व्यक्तिगत दुरी कायम गर्नुपर्ने । यात्रुहरुले बस चढ्दा तोकिएको भाडादर अनुसार खुद्रा पैसाको बन्दोबस्त आफैले गर्नुपर्ने बताइएको छ ।