आज पनि प्रतिताेला १२ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

आज पनि प्रतिताेला १२ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं, ७ असाेज । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेकाे छ । मंगलबारकाे तुलनामा आज सुनकाे मूल्य प्रतिताेला १२ सय रूपैयाँले घटेकाे हाे । 

यस अघि हिजो सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

यस्तै आज तेजाबी सुनकाे मूल्य पनि बढेर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कायम भएकाे छ ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।