आफ्नो स्थायी खुसीको लागि समय खर्चनुपर्छ : उर्वशी रौतेला

आफ्नो स्थायी खुसीको लागि समय खर्चनुपर्छ : उर्वशी रौतेला

काठमाडौं, ७ असोज । बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो सुन्दर अनुहार र आकर्षक शरीरिक बनावटका कारण सँधै चर्चामा रहन्छिन् । अभिनेत्री उर्वशीले आफ्नो स्थायी खुसीका लागि समय दिनुपर्नेमा जोड दिदै आएकी छन् ।

उनले भनेकी छन्, ‘मदिरा तथा लागूपदार्थ सेवन गरेर छोटो समयको मज्जा या खुसी लिनु भन्दा पनि हामीले आफ्नो समय यस्तो चिजमा दिनुपर्छ, जसले स्थायी खुशी दिन्छ । हामी आफैले त्यस्तो चिजमा प्रेरित गर्नुपर्छ, जे हामीले चाहन्छौं । आमी आफ्नो विचारको अधिनमा हुन्छौं ।’

आफैले आफ्नो विचारलाई परिवर्तन गर्न नसकेमा केही बदल्न नसक्ने अभिनेत्रीको भनाइ छ । उनले थपिन्, ‘हामी फिटनेसको एडिक्ट हुनुपर्छ । फिटनेश र करुणा यस्तो चिज हो, जसले हामीलाई स्थायी खुसी दिन्छ ।’

अभिनेत्री उर्वशीले फिल्म ‘ब्ल्याक रोज’मार्फत् चाँडैनै तेलेगु फिल्ममा पनि डेब्यू गर्दैछन् ।