बेपत्ता बाँदरको खोजी गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार !

बेपत्ता बाँदरको खोजी गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार !

एजेन्सी, ७ असोज । छिमेकी राष्ट्र भारतको पञ्जावस्थित चंडीगढमा एक बेपत्ता बाँदरको खोजी गर्नेलाई ५० हजार भारतीय रुपैयाँको पुरस्कार राखिएको छ । उक्त बाँदरलाई चंडीगढका एक ब्यक्तिले आफ्नो कब्जामा राखेका थिए । त्यसैले, उक्त ब्यक्तिविरुद्ध वन विभागले जिव एक्ट अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही पनि गरेको छ । तर, वन विभागले उक्त बाँदर फेला पार्न भने सकेन ।

जसको कारण पेटाले ‘मोकु’ नामक उक्त बाँदर खोजी गरिदिनेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । चंडीगढको इतिहासमै प्रेलिमेनेरी अफेन्स रिपोर्ट दर्ताको भएको यो पहिलो घटना हो । चंडीगढ वन विभागको डीएफसी डा. अब्दुल क्वामका अनुसार उक्त बाँदरमाथि धेरै अन्यय गरिएको छ ।

वन विभागका अनुसार चंडीगढका उक्त व्यक्तिले मोकु बाँदरलाई आफ्नो कब्जामा राखेका थिए, भने सोही बाँदरको तस्वीर र भिडियोको साहारामा सोसल मिडियामा आफ्नो फ्यान फलोइङ बढाइरहेका थिए ।

त्यस्तै, उक्त बाँदरको स्वास्थ्यलाई असर पार्ने किसिमका खानेकुरा खुवाउने गरेको पनि वन विभागले जनाएको छ । साथै, यसरी वन्य जन्तु आफ्नो कब्जामा राख्नु पनि कानूनी अपराध भएको वन विभागले जनाएको छ ।

पेटाका परिवारका अनुसार उक्त बाँदरको तीब्र रुपमा खोजी भइरहेको छ । अहिले उक्त बाँदरको गल्ली, जंगलमा खोजी भइरहेको छ ।