विराटनगरमा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु

विराटनगरमा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु

विराटनगर, ७ असोज । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबार (आज) बिहान झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुष (बृद्ध)को कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

उनको आज बिहान ५ बजेर ५० बजे मृत्यु भएको बताइएको छ । मृतक पुरुष उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्याले पीडित थिए । उनी यही ५ असोजमा विराट मेडिकल कलेजमा भर्ना भएका थिए ।