नेपालसँग जोडिएका कुनै पनि ठाउँमा सीमा विवाद नरहेको चीनको दाबी

नेपालसँग जोडिएका कुनै पनि ठाउँमा सीमा विवाद नरहेको चीनको दाबी

काठमाडौं, ७ असोज । उत्तरका छिमेकी राष्ट्र चीनले नेपालसँग जोडिएका कुनै पनि ठाउँमा सीमा विवाद नरहेको बताएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरी भवनहरु बनाएको समाचार सार्वजनिक भएसँगै चीनले सीमा विवाद नरहेको दाबी गरेको हो ।

नेपाली भूमि लाप्चाबगरमा चीनले बनाएको भनिएको भवनहरुको सत्यतथ्य जाँच गर्न सकिने पनि जनाएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको दाबी गरेको हो ।

साथै, नेपाल र चीन दुवै पक्षले सँधै सीमाबारे निकट सम्बन्ध बनाएका पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको पनि उल्लेख गरेको छ ।