कश्मिरको श्रीनगरमा भूकम्पको धक्का महसुस

कश्मिरको श्रीनगरमा भूकम्पको धक्का महसुस

एजेन्सी, ७ असोज । छिमेकी राष्ट्र भारतको कश्मिरमा मंगलबार राति भूकम्पको हल्का धक्का महसु गरिएको छ । नेशनल सेन्टर फर सिस्मोलोजीको वेबसाइटका अनुसार कश्मिरको श्रीनगरबाट ११ किलोमिटर उत्तर–पश्चिममा ३.६ रेक्टर स्केलको भूकम्प आएको हो ।

यस खबरलाई समाचार एजेन्सी पीटीआईका अधिकारीहरुले पनि पुष्टि गरिसकेका बताइएको छ । मंगलबार राति ९ः४० बजे उक्त भूकम्पको धक्का महसुस गरिएको हो । 

यसरी राति अचानक भूकम्प गएपछि श्रीनगरका स्थानीयहरु सडकमा निस्किएका थिए । सोसल मिडियामा पोष्ट गरिएका केही तस्वीरमा के भएको हो ? भन्नेमा स्थानीयहरु कन्फ्यूज देखिएका थिए ।