डा. केसीलाई ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल सारियो

डा. केसीलाई ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल सारियो

काठमाडौं, ७ असोज । डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आकस्मिक कक्षमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै जुम्लामा अनसन बसेका डा. केसीलाई मंगलबार मात्रै काठमाडौं ल्याइएको थियो । 

तर, काठमाडौं आइपुगेपछि सीधै शिक्षण अस्पताल आउन खोजेका डा. केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पु¥याएको थियो । ट्रमा सेन्टर पु¥याइएका डा. केसीले त्रिवि शिक्षण अस्पताल नपु¥याएसम्म स्वास्थ्य परीक्षण गर्न नदिने अडान राखेसँगै मंगलबारनै उनलाई शिक्षण अस्पताल सारिएको हो ।

पछिल्लो केही दिनयता अनसनरत डा. केसीको समर्थनमा मुलुकका विभिन्न स्थानहरुमा प्रदर्शन हुँदै आएको छ ।