विश्व कोरोना अपडेट : मृतकको संख्या ९ लाख ७४ हजार ६११ पुग्यो, ३ करोड १७ लाख ६५ हजार बढी संक्रमित

विश्व कोरोना अपडेट : मृतकको संख्या ९ लाख ७४ हजार ६११ पुग्यो, ३ करोड १७ लाख ६५ हजार बढी संक्रमित

काठमाडौं, ७ असोज । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ७४ हजार ६११ को मृत्यु भइसकेको छ । वल्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म विश्वमा ९ लाख ७४ हजार ६११ को मृत्यु भएको हो ।

त्यस्तै, संक्रमितको कुल संख्या ३ करोड १७ लाख ६५ हजार ०४७ पुगेको छ । यसैबीच २ करोड ३३ लाख ७२ हजार ४४१ जना संक्रमितहरु उपचारपछि निको भइसकेका छन् ।

हाल विश्वमा ७४ लाख १८ हजार १२५ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने २ करोड ४३ लाख ४७ हजार ०२२ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । 

कोरोनाका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ७० लाख, ९७ हजार ८७९ पुगेको छ । जसमध्ये २ लाख, ५ हजार ४७१ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४३ लाख, ४६ हजार १०८ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ५६ लाख, ४० हजार ४९६ पुगेको छ । जसमध्ये पनि ९० हजार ०२१ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४५ लाख ८१ हजार ८२० जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ४५ लाख ९५ हजार ३३५ पुगेको छ । जसमध्ये १ लाख ३८ हजार १५९ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ३९ लाख ४५ हजार ६२७ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै, रसिया, पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या ६६ हजार ६३२ पुगेको छ, भने ४२९ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४८ हजार ०६१ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।