यस कारण विहानको समयमा बेसार पानी पिउनुपर्छ...

यस कारण विहानको समयमा बेसार पानी पिउनुपर्छ...

काठमाडौं, ७ असोज । कोरोना महामारीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बेसार पानी पिउनु स्वास्थ्यका लागि फाइदा हुने बताइसकेका छन् । त्यसोत, विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । 

जसको कारण शरीरमा भएकोे विषक्त तत्व हटेर जान्छ । तातो पानीमा अलिकति बेसार मिसाएर खाएमा स्वास्थ्यमा झन लाभ पुग्ने बताइएको छ । बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । 

यस्ता छन् नियमित बेसार पानी पिउनुका फाइदाहरु...

– बेसार पानी छालाका लागि फाइदाजनक छ । बेसारले प्राकृतिक रुपमा रगत सफा गर्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– विहानको समयमा बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।

– शरीरमा बोसो बढ्न दिदैन, बेसार पानीले । वजन कम गर्न चाहनेले बेसार पानी खानुपर्छ ।

– बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ ।