यस्तो रहेको छ बुधबारको तपाईको भाग्य, असोज ०७ गते

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य, असोज ०७ गते

आज २०७७ साल असोज ०७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य बिग्रनाले  रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चलि आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा बिजयको योग रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाईबाट टाडिएर लामो दूरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढी अग्रगामि छलाङ मार्न सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागि मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशीताका सर सामान प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । तरपनि कामको शिलशिलामा लामो दूरीको यात्रा हुने योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्नेहुनाले आर्थिक अवस्था सुदृड हुनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरीवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ ।