ड्रग्स केसमा नाम जोडिएपछि कंगनाले ताकिन् दीपिकालाई निशाना

ड्रग्स केसमा नाम जोडिएपछि कंगनाले ताकिन् दीपिकालाई निशाना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले आजभोली बलिउड फिल्म उद्योगका स्टारहरुतर्फ आलोचना एवं कटाक्ष गर्दै आएकी छन् । 

बलिउडका यस्ता कैयौं स्टारहरु रहेका छन् जसलाई कंगनाले आलोचना गरेकी छन् । यसमध्ये एक अभिनेत्री दीपिका पादुकोण पनि रहेकी छन् । कंगना रनावत सँधैजसो दीपिकालाई आलोचना एवं कटाक्ष गर्दै आएकी छन् ।

यसपटक ड्रग्सलाई लिएर कंगनाले दीपिकालाई निशाना बनाएकी छन् । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा ड्रग्सको एंगल आएपछि कंगना लगातार ट्वीटरको माध्यमबाट यो मुद्धालाई उठाइरहेकी छन् । साथै कंगनाले ड्रग्सको सेवन गर्ने भन्दै कैयौं स्टारहरुलाई निशाना लगाएकी छन् ।

कंगनाले ट्वीटरमा दीपिका पादुकोणलाई हाई सोसाइटीको धनी स्टार किड बताउँदै उनीमाथि ड्रग्स सेवन गर्ने गरेको आरोप लगाएकी छन् । कंगनाको यो ट्वीट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

उनले लेखेकी छन्, म पछि दोहोर्याउनु, डिप्रेशन नशालु औषधीको दुरुपयोगको एक नतिजा हो । कथित हाई सोसाइटीका धनीमानी स्टार किड, जो उच्च दर्जा एवं राम्रो पालनपोषण भएको दावा गर्छन्, आफ्ना म्यानेजरसँग सोध्छन्, माल छ ?

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा तीन एजेन्सीहरु छानबीनमा लागेपछि दिनहुँ नया खुलासाहरु बाहिर आउन थालेका छन् ।