संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्री ओलीलाई निर्देशन

संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्री ओलीलाई निर्देशन

काठमाडौं, ६ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न नेकपा सचिवालय बैठकले निर्देशन दिएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' सचिवालय बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको हो । पार्टी एकताको बाँकी काम पूरा गर्न १० दिनभित्र अध्यक्षद्वय र महासचिवले सचिवालयमा ठोस प्रस्ताव पेस गर्न पनि निर्देशन दिइएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।