चुनाव चिन्ह 'गाई' छाड्नु परेपछि पिडामा कमल थापा

चुनाव चिन्ह 'गाई' छाड्नु परेपछि पिडामा कमल थापा

काठमाडाैं, ६ असेज । राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्।  एकिकरण प्रक्रियामा रहेका दुई पार्टीकाे चुनाव चिन्हमा सहमतिमा जुटाएर राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ।

एकता प्रक्रिया सुरू भएको ६ महिनापछि टुङ्गो लागेको चुनाव चिन्हमा पार्टीका तीन अध्यक्षमध्येका एक कमल थापा भने सन्तुष्ट नभएको देखिएको छ। मंगलबार बिहान पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएको भन्दै ट्विट गरेका उनले सोमबार गरेका दुई ट्विटले 'हलो'मा जुटाइएको सहमति उनका लागि पिडादायक भएको देखाउँछ।

असन्तुष्टि पोख्ने क्रममा उनले ट्विट गर्दै भने,  'समुहमा बसेपछि आफ्नो मात्र चाहना अनुसार काम गर्न सकिन्न। पाइला पाइलामा सम्झौता गर्नुपर्ने हुन्छ। सक्षम नेतृत्वले सम्झौतारप्रतिकुलतालाई अवसरमा परिणतगर्दै सफलताको शिखर चुम्दछ। राप्रपाको एकिकरण सम्झौता हो। एकताको जगमा हिन्दुराष्ट्ररराजसंस्थासहितको लोकतन्त्र स्थापनागर्ने अभियान जारी रहनेछु।'