सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारकाे तयारी

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारकाे तयारी

काठमाडाैं, ६ असाेज । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने  निर्णय गरेकाे छ ।

मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने निणय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

जेठ ३० गतेदेखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर अहिलेसम्म तीन सय ४० जनाको ज्यान गएको छ भने ९९ जना अझै हराइरहेका छन् । विपदमा दुई सय ९८ जना घाइते भएका छन् । प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला प्रभावित बनेका छन् ।