बालुवाटारमा शुरु भयाे नेकपा सचिवालय बैठक

बालुवाटारमा शुरु भयाे नेकपा सचिवालय बैठक

काठमाडौं, ६ असाेज । बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' को सचिवालय बैठक सुरु भएको छ । सोमबार १ बजेको लागि कोटेश्वरस्थित पेरिसडाँडामा राखिएको बैठक स्थगित भएपछि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ।

आजको बैठकमा पनि सोही विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।